अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कारलाई बेल्जियमबाट ८८ हजार सहयोग

पाेखरा | असार २७, २०८०

अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कारलाई बेल्जियमबाट ८८ हजार सहयोग

पोखरा:    पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ । 


बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । 


पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए । 


देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर  गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ । 
कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्